केन्द्रका २५ स्वास्थ्यकर्मीको पिसीआर रिपोर्ट नेगेटिभ, आज फर्के घर
विराटनगर, २७ वैशाख / कोशी अस्पताल उपचार केन्द्र विराटनगरमा गत वैशाख ५ गतेदेखि सङ्क्रमित बिरामीको उपचारमा खटिएका २५ स्वास्थ्यकर्मीको टोली आज घर फर्केका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्रालगायतले इष्टर्न स्टार होटलको क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई शुक्रबार बिदाइ गर्नुभयो ।
केन्द्रमा पहिलो चरणमा डा डेनप्रसाद आचार्यको नेतृत्वमा २५ स्वास्थ्यकर्मीको टिम रहेको थियो । केन्द्रमा सात दिन बसेको टिम १४ दिन क्वारेन्टाइनमा बसेर आज डिस्चार्ज भएको हो । सामाजिक विकासमन्त्री घिमिरेले चिकित्सकको साहसका कारण कोरोनालाई परास्त गर्न सफल भएको बताउँदै प्रदेश सरकारले यसको उपचारका लागि गरेको कामको सङघीय सरकार र अन्य प्रदेश सरकारहरुले चासोका साथ लिएको धारणा राख्नुभयो ।
उहाँले अवश्यकता परेको खण्डमा पुनः सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । डिस्चार्ज हुनुअघि सबै स्वास्थ्यर्मीको गरिएको थ्रोट स्वाब (पिसीआर) परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस