शिव मन्दिर युवा समूहद्वारा दैनिक ७५० लाई खाना खुवाउँदै
विराटनगर महानगरपालिका–६ स्थित शिवमन्दिर युवा समूहले बन्दाबन्दीबाट प्रभावित भएका विराटनगरका ७५० जनालाई दैनिक खाना खुवाउँदै आएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको देशव्यापी बन्दाबन्दीबाट प्रभावित बनेका परिवारलाई गत चैत २० गतेदेखि युवा समूहका नारायण बराल र गणपत मित्रु नेतृत्वका टोलीले खाना खुवाउने अभियान शुरु गरेका हुन् ।
पहिलो चरणमा दैनिक ११३ जनाबाट खाना खुवाउन शुरु गरिएको अभियान अहिले वृद्धि भई ७५० जना पुगेको छ । युवा समूहका नारायण बरालले १२८ गरिब तथा विपन्न घरपरिवारलाई र बिनाकुपन शिव मन्दिर मार्गको भान्साबाट २१५ जनालाई खाना वितरण गर्ने गरिएको बताउनुभयो । यसअघि नोबेल अस्पताल र विराट मेडिकल कलेजका ६५० जना बिरामीका कुरुवालाई दैनिक खाना उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।
युवा समूहले शुरु गरेको खाना वितरण अभियानमा अहिले उद्योगी, व्यापारी, छरछिमेकी तथा तथा विराटनगर घर भइ विदेशमा नेपालीबाट सहयोग जुट्न थालेको बरालले बताउनुभयो । दैनिक बिहान साढे ९ देखि ११ बजेसम्म खाना वितरण गरिसक्ने शिव मन्दिर युवा समूहका गणपत मित्रुकाले बताउनुभयो । गरिब, विपन्न घरपरिवार तथा सडकपेटीमा रहेकालाई भोकै बस्नु नपरोस् भन्नका लागि खाना खुवाउने कार्य सञ्चालन गरिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस