कोरोना त्रास : एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीले पाउदैन् बास
भोजपुर, २७ वैशाख/ विश्व नै कोरोना भाइरसबाट प्रभावित छ । मानिसहरुमा यसको क्रास बढेको छ । त्रास बढेकै कारण उनीहरुले अमानवीय व्यवहारसमेत देखाउने गरेका छन् । अहिले भोजपुरमा कोरोनाको उपचारमा खटेका चिकित्सक र एम्बुलेन्स चालकले बाससमेत पाउन छाडेका छन् । कोरोनाको आशङ्कामा बिरामीलाई बोकेर अस्पतालमा पु¥याएको थाहा पाएमा बास बस्न त के पानीसमेत खान नपाउने अवस्था बनेको एम्बुलेन्स चालकहरुको भनाइ छ । कतिपय ठाउँमा कोरोनाका बिरामी बोकेकै कारण अमानवीय व्यवहारसमेत खेप्नुपरेकोे भोजपुरमा को२च १२५६ नंको एम्बुलेन्स चलाउँदै आउनुभएका चालक मचिन्द्र राईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोनाका बिरामी बोकेकै कारण मैले धेरै ठाउँमा अपमान भोगेको छु, बास दिन त परको कुरा भयो, बाटोमा हामीलाई स्थानीयवासीले पानीसम्म पनि दिन मान्दैनन्, म भोजपुरबाट खाना खाएर बिरामी लिएर जान्छु र फेरि रातभर लगाएर खान र बस्न भोजपुर नै आइपुग्ने गरेको छु, यात्राका क्रममा हामीलाई असाध्यै समस्या छ ।” राईले काम गर्न पनि निकै जोखिम रहेको बताउनुभयो । सम्बन्धित निकायबाट आवश्यक सुरक्षाको सामग्री नपाएको समेत उहाँले गुनासो गर्नुभयो । मास्क, पञ्चालगायतका सामग्रीसमेत आफैँले खरिद गरेर काम चलाउने गरेको उहाँको भनाइ छ । “काम गर्न निकै जोखिम छ, आवश्यक सुरक्षा सामग्री छैन, बिरामी लिएर जाँदा बाटोमा पानीसम्म खान नदिने अवस्था छ, खानाको समय नमिलेकै कारण बिरामी भएर आफैँ पनि अस्पताल बस्नुप¥यो, हामीलाई यो समयमा काम गर्न अत्यन्तै गाह्रो छ” चालक राईले भन्नुभयो ।
बस्नका लागि स्थानीयवासीले बास नदिएपछि दिनरात नभनी काम गरेका एम्बुलेन्स चालक जस्तोसुकै अवस्थामा पनि आफ्नै घरमा बस्न पुग्नुपर्ने अवस्था रहेको बताउँछन् । भोजपुरबाट धरान, विराटनगर बिरामी लगेर आइपुग्न १२ देखि १४ घण्टासम्म लाग्ने गरेको चालक राईले बताउनुभयो । त्यस्तै ग्रामीण भेगमा क्वारेन्टाइनमा बसेका विरामीको स्वाब सङ्कलन तथा अन्य कामका लागि गएका चिकित्सकले समेत बास बस्न नपाउने गरेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले भन्नुभयो, “कोरोनाको त्रास बढेका कारण दैनिक काम गर्न स्वास्थ्यकर्मीलाई समेत समस्या छ, कतै स्वाब सङ्कलनका लागि गएमा बास बस्नुपर्ने भएमा स्वास्थ्यकर्मीले सहजरुपमा बास बस्ने अवस्था छैन ।
भोजपुरको घोडेटारमा कोरोना सङ्क्रमितको स्वाब सङ्कलन गर्न गएको चिकित्सकको टोली बास नपाएर रातको १२ बजे सदरमुकाम आएको तितो अनुभव छ, यस्तै जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीले बास नपाएर रातरात फर्केको अवस्था छ ।” स्थानीयमा चेतनाको अभावका कारण पनि काम गर्न समस्या हुने गरेको स्वास्थ्य कार्यालयको भनाइ छ । कोरोनाको विषयमा धेरैमा त्रास बढेका कारण उनीहरुले बस्न त के खानसमेत नदिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस