जानकी मन्दिरका महन्त र शिष्यबीच विवाद
जनकपुरधाम, २७ वैशाख/ जानकी मन्दिरका महन्त र शिष्यबीच चुलिएको विवादले यहाँ चिन्ता छाएको छ । मन्दिरको व्यवस्थापन, अधिकार, उत्तराधिकारी, मूल्य मान्यता तथा अमर्यादित गतिविधि सञ्चालनका विषयमा उत्पन्न विवादले मन्दिरको अस्तित्वमाथि नै सङ्कट मडारिन थालेको जनाइएको छ ।
जानकी नवमीका दिन (यही वैशाख १९ गते) महन्तका शिष्य रामरोशनले प्रसादका रूपमा मन्दिरमा माता जानकीका नाममा जन्म केक काट्नाका साथै आफ्नो कक्षमा महिलासँग नाचगान गरेको घटना र अपारदर्शिताका बारेमा महन्तद्वारा स्थानीय विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिपछि आमसमुदायमा मन्दिरको भविष्य अब के होला भन्ने चिन्ताले तीव्रता पाएको छ । महन्त रामतपेश्वर दासले शिष्य रामरोशनले आपूmलाई स्वयं उत्तराधिकारी घोषणा गरी मन्दिरको महन्त परम्परा, मूल्य मान्यताको मर्दन हुने चलखेल गरिरहेको आरोप लगाउनुभएको छ । गुठी संस्थानको ऐनमा उत्तराधिकारीको व्यवस्था नभए पनि शिष्य रामरोशनले संस्थानबाट उत्तराधिकारीको परिचयपत्र लिई आर्थिक गतिविधिलगायत मन्दिरमा महन्तझैँ पूर्णरूपले अधिकार प्रयोग गरी आपूmलाई बेवास्ता तथा मन्दिरको गरिमालाई स्खलित हुने गतिविधि गरिरहेको महन्त दास बताउनुहुन्छ ।
महन्त दास भन्नुहुन्छ, “करिब ६ वर्षअघि आपूm बिरामी भई उपचारका लागि केही समय भारतमा बसेका बेला शिष्य रामरोशनले आपूmलाई उत्तराधिकारी एवं छोटे (सानो) महन्त भन्दै सरकारी निकायदेखि लिएर विभिन्न श्रद्धालुबाट आर्थिक सहयोग तथा दान लिने क्रम शुरू गरेको हो ।” जानकी मन्दिर गुरु शिष्य परम्पराअनुसार शिष्यको समुदायबाट सञ्चालन हुने गरेको छ ।
गुरूको निधनपछि शिष्य महन्त हुने मन्दिरमा चलन रहेकामा शिष्य रामरोशनले सो परम्परा विपरीत उत्तराधिकारी महन्त घोषणा गरी महन्त रामतपेश्वरलाई मनोवैज्ञानिक ढङ्गले रोगीझँै व्यवहार गरी मन्दिरमा स्वेच्छाचारी संरचना निर्माण गरेको महन्तका अर्का शिष्य पवन चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रामरोशन आर्थिक हिनामिना, साधु सन्तभन्दा नेता, महिलाबीच रम्ने र गुरूलाई दासझैँ बनाउने खेलमा लागेको छ ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस