• जीवनशैली | Jiwanshaili
  • कास्कीमा ६ लाख केजी चामल वितरण


    कास्की, २७ वैशाख/ कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट प्रभावित यहाँका ३४ हजार १२१ परिवारलाई राहत वितरण गरिएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले यही वैशाख २६ गतेसम्म पोखरा महानगरपालिका र चारवटा गाउँपालिकाका वडामार्फत सो सङ्ख्यामा प्रभावितका लागि राहत वितरण गरिएको जनाएको छ ।

    महानगरपालिकामा सबैभन्दा बढी ३० हजार ८८६ परिवारलाई राहत वितरण गरिएको छ । त्यसैगरी माछापुच्छ«े गाउँपालिकामा ७३५, मादीमा दुई हजार ४८ तथा रुपामा ४५२ अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको जनाइएको छ । अन्नपूर्ण गाउँपालिकामा वडास्तरमा तथ्याङ्क सङ्कलन र आवश्यक राहत सामग्री व्यवस्थापन गरी तयारी अवस्थामा राखिएको तथा लाभग्राहीको सङ्ख्या ५०० रहेको बताइन्छ । सो पालिकाले हालसम्म राहत वितरण गरेको छैन । राहतस्वरुप जिल्लामा ६ लाख १३६ केजी चामल, ४५ हजार ८९५ केजी दाल, ३४ हजार १४५ केजी नुन, २१ हजार ९९६ लिटर तेल, दुई हजार ४८ केजी चिनी र २० हजार ८७२ केजी केराउ वितरण गरिएको सिसिएमसीले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस