बर्दियामा १७० जनाको कोरोना रिपोेर्ट नेगेटिभ
राजापुर, २७ वैशाख /कोरोना संक्रमणको आशंकामा हालसम्म बर्दियामा दुई हजार ३४५ जनाको नमूना परीक्षण गरिएको छ । एक सय ९२ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ । एक सय ८२ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएकामा १७० जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाह्र जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो ।
आठ स्थानीय तहमा रहेका क्वारेन्टिनमा एक हजार ६१२ जना छन् । त्यसैगरी आरडिटीबाट अहिलेसम्म दुई हजार १५३ जनाको परीक्षण गरिएको प्रमुख गिरीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस