• जीवनशैली | Jiwanshaili
  • दुइ महिला र एक पुरुष मृत अवस्थामा फेला


    काठमाडौं । दुइ महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गुल्मी, दोलखा र सुर्खेतमा गरी ३ जना शुक्रबार र शनिबार फेला परेका हुन् ।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बगाउने बस्ने टेक बहादुर घर्तीको घरमा बस्दै आएकी बाग्लुङ गालकोट नगरपालिका–३ हटिया घर भएकी ११ वर्षीया सरिता विक आफ्नै कोठामा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेकी हुन् ।

    यसैगरी दोलखाको शैलुङ गाउँपालिका–५ स्थित गोरेटो बाटोमा सोही गाउँपालिका–५ घ्याङडाँडा बस्ने ४९ वर्षीय कृष्ण बहादुर कार्की शुक्रबार दिउँसो मृत अबस्थामा फेला परेका छन् ।

    यसैगरी सुर्खेतको चपुरी नगरपालिका–९ राग बस्ने ७५ वर्षीया खगिसरा पौडेलको घरदेखि अन्दाजी ३ सय ५० मिटर टाढा रहेको तलाउमा डुबेर मृत्यु भएको छ । उनी मृत अवस्थामा शनिबार बिहान फेला परेकी थिइन् ।

    तीन वटै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस