• जीवनशैली | Jiwanshaili
  • गाउँगाउँ पुगेर किताब वितरण


    मेलम्ची, २७ बैशाख  /त्रिपुरासुन्दरी गाउँपालिका–३ का विद्यार्थीलाइ गाउँ गाउँ पुगेर किताब वितरण गरिएको छ । वडा शिक्षा समितिको निर्णयअनुसार विद्यालयले वडा नं। १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीको घरमै गएर आजदेखि किताब वितरण शुरु गरेको वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिनुभयो ।

    वडामा आठ विद्यालयमा ६०० विद्यार्थी अध्यनरत छन् । विद्यालयले पुस्तक किनेर गाडी लिइ गाउँगाउँ पुगेर किताब वितरण गरेको हो । विद्यालयले अहिले आफैँले पुस्तक खरिद गरे पनि पछि सरकारले अनुदान दिएपछि सोधभर्ना गरिने रिसालले जानकारी दिनुभयो ।

    भर्ना सङ्ख्याका आधारमा पुस्तक वितरण गरिएको रिसालले जानकारी दिनुभयो । कक्षा १ देखि १० सम्म स्वतः भर्ना गरिएको र कक्षा ६ र कक्षा ९ को हकमा भने अन्य विद्यालयबाट आउनेले सम्बन्धित विद्यालयको सबै तथ्याङ्क ल्याएर भर्ना गरिएको थियो । त्यस्तै घरघरमा पुगेर शिक्षण सिकाइका लागि समन्वय गरिने पनि उहाँले जानकारी दिनुभयो । सामाजिक दुरी कायम गरी घरघरमा गएर गृहकार्य दिने र परीक्षणको व्यवस्था गर्ने विषयमा छलफल गरिने उहाँले बताउनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस