परासीमा पिसिआर विधिबाट कोरोना परीक्षण
नवलपरासी, २७ वैशाख / नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम ) मा पिसिआर विधिबाट दोस्रो चरणको कोरोना संक्रमण परीक्षण शुरु गरिएको छ । परासीस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेकामध्ये आज ३८ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको हो ।
दोस्रो चरणमा १५० जनाको कोरोना संक्रमण परीक्षण गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा १३ संस्थागत क्वारेन्टाइनमा रहेका २०७ जनाको पिसिआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । तीमध्ये सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस