घरायसी विवादका कारण ३४ वर्षीया श्रीमतीको हत्या
चितवन, २८ वैशाख / घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो । हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । परीक्षणका लागि शवलाई भरतपुर अस्पताल ल्याइएको छ । निजका दुई श्रीमती रहेको जनाइएको छ । मञ्जु कान्छी हुन् । घटनाको अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस