एकान्तबासबाट ३१ घर फिर्ता
तनहुँ,२८ वैशाख / कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुन जिल्लाका विभिन्न स्थानमा स्थापित एकान्तबासमा बस्दै आएका ३८ जनामध्ये आजसम्म ३१ जना घर फर्किएका छन् । अझै पाँच महिलासहित सात जना एकान्तबासमा छन् ।
शुक्लागण्डकी नगरपालिकामा हाल हपाँच महिला र भानु नगरपालिकामा दुई पुरुष एकान्तबासमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । स्थानीय तहले स्थापना गरेका एकान्तबासमा उनीहरु १४ दिन बिताएर स्वास्थ्य परीक्षणपछि घर फर्किएका हुन् । उहाँले भन्नुभयो, ‘एकान्तबासमा रहेकाहरु पनि अब केही दिनमै घर जानेछन् ।’ विभन्न देशबाट ९३ महिलासहित ८५१ जना घर फर्किएकामध्ये हालसम्म ७७ महिला र ५४५ पुरुष गरी छ सय जनाको आरडिटी गरिएको छ भने ३० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा प्राप्त ७४२ किटमध्ये ६३२ खर्च भई ११० थान बचत रहेको उहाँले बताउनुभयो । जिल्लाका ६०स्थानमा स्थापित हेल्थ डेस्कबाट हालसम्म ४९३ महिलासहित एक हजार ९०७ जनाको ज्वरो मापन गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस