पाकिस्तानमा लकडाउनको अवधि फेरि थपियो, मे ३१ सम्म लागु हुने
इस्लामावाद, २८ वैशाख / पाकिस्तानमा लागु हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ ।
सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर व्यापार व्यवसायलाई सजिलो हुनेगरी केही खुकुलो व्यवस्था पनि गरिएको छ ।
सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँका लागि लकडाउनलाई खुकुलो बनाइएको सरकारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचनाका अनुसार अत्यावश्यक सेवाका पसलहरु हप्तामा पाँच दिन विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खेल्न दिइने भएको छ ।
पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनु परेको सरकारी अधिकारीहरुको भनाई छ ।
उनीहरुका अनुसार देशभरी गरेर अहिलेसम्म २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९९१ जना नयाँ विरामी थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको जानकारी दिएको छ । पाकिस्तानमा अहिलेसम्म कुल मृतकको संख्या ६३९ पुगेको छ ।
कोरोनाभाइरसका कारण विरामी भएका मध्ये आठ हजार २३ जनालाई भने निको भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।
––
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस