लागुऔषधसहित दुई पक्राउ
परासी, २८ वैशाख \ लागुऔषधसहित दुई युवा नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम)बाट आज पक्राउ परेका छन् । बन्दाबन्दीको मौकाछोपी लागुऔषध ओसारपसार गरिरहेका अवस्थामा जिल्लाको भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बसहियाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–६ का २८ वर्षीय विजय चौधरी र २५ वर्षीय सुनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
उनीहरुका साथबाट ओनरेक्स सिरफ १०० मिलिलिटरको चार बोतल, नाइट्रोभेट पाँच फाइन(प्रति फाइल पन्ध्र चक्की) र स्पास्मो ५४ फाइल(प्रतिफाइल आठ क्याप्सुल) बरामद गरिएको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ती युवा प्रहरीचौकी बसहियाबाट खटिएको गस्ती टोलीलाई देखेर भाग्न थालेपछि प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा लागुऔषध बरामद भेटिएको प्रनाउ थापाले बताउनुभयो । उक्त कार्यमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस