चितवनमा रहेका ७५ जनाले भारत फर्कन नाम दर्ता गराए
चितवन, २९ वैशाख / जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो । आइतबार दिनको तीन बजेसम्म नाम टिपाउन भनिएकोमा सो सङ्ख्यामा नाम दर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार दर्ता भएका नाम भारतीय दूतावास पठाइएको छ । सङ्कलन गरिएको विवरणमा नाम, भारतको ठेगाना र कुन नाकामार्फत फर्कनु पर्ने हो विस्तृत जानकारी पठाइएको उहाँले बताउनुभयो ।
भारतीय राजदूतावासले जिल्लामा रहेका भारतीय नागरिकको विवरण सङ्कलन गरेर पठाइदिन आग्रह गरेपछि घर फर्कन चाहने भारतीय नागरिकको विवरण सङ्कलनका लागि प्रशासनले शुक्रबार सूचना जारी गरेर सम्पर्कमा आउन आग्रह गरेको थियो ।
सिम्खडाका अनुसार विवरण दूतावास पठाएपछि पनि केही व्यक्ति नाम छुटेको भन्दै सम्पर्कमा आएका छन् । ती नाम भने हालसम्म पठाइएको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस