• जीवनशैली | Jiwanshaili
  • चोरी घटनामा संलग्न ३ पक्राउ


    कैलाली, २९ वैशाख  /धनगढी उपमहानगरपालिका–७ मा एक व्यक्तिको घरबाट सुनका गहनासहित नगद रकम चोरीको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    गत चैत ६ गते वडा नं ७ बस्ने रामबहादुर विककी श्रीमती रेखा घरमा ढोका बन्द गरी बारीमा गएको समयमा ढोका खोली दराजमा रहेको सुनको तिलहरी दुई थान, हातको बाला, मोबाइल र नगद रु २० हजारसहित चोरी गरेको आरोपमा धनगढी–१ का श्याम जोशी, शिवनगर बेताल आरती सुनचाँदी पसल सञ्चालक कमलेश भन्ने सुजल खनाल र पङ्कज घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बस्नेतले आइतबार जानकारी दिनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस