कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मी परिचालन
जुम्ला, २९ वैशाख /कोभिड–१९ को जोखिम हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हिमाली जिल्ला हुम्ला र डोल्पामा एयर लिफ्टिङ तथा अन्य जिल्लामा स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो ।
सरकारले शनिबार डोल्पा र आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर टोली पठाएको हो । उनीहरुलाई एक महिनाका लागि पठाएको कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोलीलाई हुम्ला र मुगुमा सोमबार पठाइएकोे छ । अस्पतालका चिकित्सकको टोलीलाई २७ स्थानमा खटाएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डे, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक रीता भण्डारी ९जोशी० सहितको टोलीले आइतबार प्रतिष्ठान जुम्ला पुगेर यहाँको जनशक्ति, सेवा प्रवाह, पिसिआर मेसिन, भेन्टिलेटर, आइसियु र आइसोलेशन कक्षासहित भौतिक संरचनाको अनुगमन गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस