काबुलमा चारवटा बम विस्फोट
काबुल, २९ वैशाख / अफगानिस्तानको राजधानी काबुलको ताहिया मास्कान क्षेत्रमा सोमबार बिहान चारवटा बम विस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
सुरक्षा स्रोतले उक्त विस्फोटका कारण जनधनको क्षति भएको बारेमा जानकारी प्राप्त नभएको बताएको छ ।
राष्ट्रिय सुरक्षा महानिर्देशनालय (एनडिएस) र सरकारी सवारी साधनहरुलाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरीले जनाएको छ ।
आइतबार राति पनि काबुल नजिकका काहाराही कम्बारी र हूटखिलमा पनि तीन वटा विस्फोट गराइएका थिए । गएरातिदेखि काबुल शहरलाई लक्षित गरी सात वटा विस्फोटका घटना भइसकेका छन् ।
अफगानिस्तानको मुख्य विद्रोही तालिबान समूह समेतका कुनै पनि समूहले ती विस्फोटहरुको जिम्मेवारी लिएका छैनन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस