विपन्न परिवारलाई महिला समूहको राहत
काठमाडौँ, २९ वैशाख /ललितपुर महानगरपालिका–२ स्थित वाग्मती किनार वरपर बसोबास गर्ने ६५ विपन्न परिवारलाई सृष्टि महिला समूहले राहत वितरण गरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका क्रममा दैनिक ज्यालादारी गरी खाने श्रमिकलगायत विपन्न परिवारका मानिसलाई जीविकोपार्जनमा कठिनाइ भएको देखेपछि सहयोग जुटाएर चामल, दाललगायत अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको समूहकी अध्यक्ष पार्वती राउत डङ्गोलले राससलाई जानकारी दिनुभयो ।
थापाथली वारिपारिको भागमा सुकुम्बासी, श्रमिक, विपन्न परिवारको बाक्लो बस्ती छ । राहत वितरणका लागि जापानको कम्पनी दाइसुके कियामाले पनि सहयोग गरेको उहाँले बताउनुभयो । प्रतिपरिवार २५ केजी चामल, दुई केजी दाल, एक केजी चिनी, एक केजी नून, एक लिटर तेल र एउटा साबुन वितरण गरिएको हो । महानगरपालिकाको स्वीकृति लिएर वडा कार्यालयको समन्वयमा राहत वितरण गरिएको समूहले जनाएको छ ।
महानगरपालिकाले समूहलाई दुई वर्षदेखि उत्कृष्ट महिला समूहका रुपमा समेत घोषणा गर्दै आएको छ । समूहले दुई वर्षदेखि महानगरपालिका–२ स्थित राममन्दिरमा विपन्न बालबालिकाका लागि महिनामा एकपटक पोषणयुक्त खानासमेत खुवाउँदै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस