कोरोना भाइरस परीक्षणलाई तीव्रता
काठमाडौँ, २९ वैशाख \ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनका लागि परीक्षणलाई तीव्रता दिएको छ । कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १७ हजार ८०९ र आरडिटी ५८ हजार ५४६ व्यक्तिमा गर्न सफल भएको छ । पछिल्लो २४ घण्टामा थप दुई हजार ७९९ को परीक्षण सम्पन्न गरेको छ । मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले कोरोना भाइरसको रोकथाम गर्नका लागि परीक्षणलाई तीव्रता दिएको जानकारी दिनुभयो ।
आजसम्म आरडिटी परीक्षण प्रदेश नम्बर १ मा सात हजार ७३७, प्रदेश नं. २ मा पाँच हजार ९२७, वाग्मती प्रदेशमा नौ हजार २९०, गण्डकी प्रदेशमा छ हजार ४८५, प्रदेश नं. ५ मा छ हजार ९८५, कर्णाली प्रदेशमा सात हजार ११४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार नौवटा परीक्षण भएको छ । हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेशनमा १५३ रहेका छन् । कोरोना भाइरस सङ्क्रमित १२१ जना पुगेका छन् । तीमध्ये ३३ जना ठीक घर फर्किएका छन् । हालसम्म रेडजोनमा ३४२ रहेका छन् । यसैबीच, चीन सरकारले प्रतिबद्धता गरेको स्वास्थ्य सामग्रीमध्ये केही स्वास्थ्य सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ । ती स्वास्थ्य सामग्रीमध्ये ४० हजार थान पिसीआर टेष्ट किट, १० हजार डिपोजएल गाउन, एन ९५ मास्क २० हजार र सर्जिकल मास्क आठ हजार र मेडिकल चस्मा १० हजार मन्त्रालयलाई हस्तान्तरण भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस