भारतमा रेल सेवा आजदेखि चालु
वैशाख ३०, मंगलबार
कोरोना भाइरसको महामारीका कारण झण्डै दुई महिनाअघि बन्द गरिएको भारतको रेल सेवा आजदेखि फेरि चालु हुँदैछ ।
लकडाउनका कारण बन्द भएको रेल सेवा आजदेखि चालु हुन लागेको हो ।
सुरक्षाको पाटो यात्रा गर्नुअघि ती सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने छ । स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरुलाई रेलमा प्रवेश गर्न दिइने छैन ।
भारतीय सञ्चारमाध्यहरुका अनुसार आज अपराह्न ४ बजे नयाँ दिल्लीबाट बिलासपुरका लागि पहिलो रेल छुट्ने छ । त्यसलगत्तै अरू विभिन्न समयमा १४ वटा रेल विभिन्न गन्तव्यका लागि छुट्नेछन् ।
नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु तावीका लागि रेलसेवा उपलब्ध हुने बताइएको छ।
सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने पनि जनाइएको छ । रेल सेवा चालु हुने जानकारी पाएलगत्तै सोमबारदेखि अनलाइन बुकिङ सुरू भएको छ ।
भारतका रेलवे मन्त्री पियुष गोयलले मंगलबारदेखि रेलवे पुनः सञ्चालनमा आउने जानकारी दिएलगत्तै सोमबार अपराह्न ४ बजेदेखि अनलाइन बुकिङ सुरू भएको हो । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न रोक लगाइएको छ।।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस