दाङमा खुकुरी प्रहारबाट घाइते
तुलसीपुर, ३० वैशाख / दाङमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् । सोमबार राति पौने ९ बजेतिर खुकुरी प्रहारबाट तुलसीपुर उपमहागनरपालिका वडा नं ६ गोलौरा निवासी २९ वर्षीय टीकाराम बस्नेत र २८ वर्षीय प्रकाश नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिनुभयो ।
तुलसीपुर –१२ एयरपोर्ट निवासी १९ वर्षीय सुरेश डाँगीले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि कोहलपुर सिफारिश गरिएको छ । बस्नेतका अनुहार र नेपालीका टाउकामा चोट लागेको छ । अभियुक्त डाँगीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस