सूर्यविनायकमा ६० प्रतिशत अनुदानमा धानको बीउ वितरण
भक्तपुर, ३० वैशाख / सूर्यविनायक नगरपालिकाले आफ्ना नगरभित्रका किसानलाई ६० प्रतिशत अनुदानमा विभिन्न जातका धानको बीउ वितरण शुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनले धानको बीउ अभाव भएपछि नगरपालिकाले विभिन्न जिल्लाबाट खरिद गरिएको धानको बीउ किसानलाई आजबाट वितरण गर्न शुरु गरेको हो ।
नगरपालिकाले नगरक्षेत्रका एकदेखि १० सम्मका सबै वडाकार्यालयमार्फत ६० प्रतिशत अनुदानमा प्रतिकिलो रु ४८ का दरले खुमल–४ मसिनो, खुमल–१० मसिनो, खुमल–११ ताइचीन र ताइचीन–११ जातको धानको बीउ वितरण शुरु गरेको नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले जानकारी दिनुभयो । नगरपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत बुधबारसम्म धानको बीउ वितरण गर्ने भएको हो ।
यस वर्षदेखि नगरपालिकामा कसैले पनि जग्गा बाँझो राख्न नपाउने नियम बनाएपछि धान बीउको माग पनि बढ्न सक्ने नगरपालिकाले आँकलन गरेको छ । नगरपालिकाले यस वर्षदेखि जग्गा बाँझो राख्नेलाई कारवाही गर्ने नीति लिएपछि विगतमा बाँझो हुने बारीहरुमा समेत मकै र विभिन्न जातका तरकारी रोप्न थालिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस