बजार अनुगमन तीव्रता : दुई पसलमा सिलबन्दी
म्याग्दी, ३० वैशाख / बजार अनुगमन टोलीले बेनीबजारमा दर्ताको उद्देश्य विपरीत सञ्चालित दुईवटा पसलमा सिलबन्दी गरी बन्द गराएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार न्यूरोडको करुणा खाद्यान्न र क्याम्पसचोकको झिङ्खानी मासु पसल बन्द गराइएको हो ।
अनुगमनका क्रममा सो खाद्यान्न पसलका सञ्चालकले खाद्यान्न सामग्रीको उद्देश्य राखेर दर्ता गरेको पसलमा पूजा र शृङ्गारका सामग्री बिक्री गरेको र मासु पसलका सञ्चालकले मासु पसल भनेर दर्ता गरेकामा एकै ठाउँमा खाद्यान्न सामग्री पनि बिक्री गरेको पाइएको कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । ती पसलका सञ्चालकलाई उद्देश्यअनुसार सञ्चालन गर्न अथवा उद्देश्य थप र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ ।
निर्देशन पालना गरेपछि मात्र पसल खुलाउन पाउने भएका छन् । हुलाकचोकबाट क्याम्पसचोकसम्मका खाद्यान्न पसलको अनुगमन गरिएको थियो । जिल्ला प्रशासन, प्रहरी, बेनी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको बजार अनुगमनमा सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तु बरामद गरेर नष्ट समेत गरिएको छ । यसअघि नमूनाको रूपमा थोरै सङ्ख्यामा पसलहरुको अनुगमन हुने गरेको थियो । सोमबार भने सबै पसलहरुको क्रमशः अनुगमन गरिएको थियो । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समयमा कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी हुनसक्ने भएकाले स्थानीय प्रशासन र सम्बद्ध कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस