निर्माण सामग्री अभावले काम रोक
लमजुङ, ३० वैशाख / कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा निर्माण सामग्री अभाव भएपछि ङादी आयोजनाको काम अघि बढ्न सकेको छैन । जिल्लाको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन ३० मेगावाटको सो आयोजनाको काम सामग्री अभावमा रोकिएको आयोजनाले जनाएको छ ।
सरकारले आयोजना निर्माणको अनुमति दिए पनि निर्माण सामग्री ढुवानीमा समस्या भएकाले काम हुन नसकेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोजनामा सिमेन्ट, रड अभाव भएकाले हालसम्म पनि निर्माण भएको छैन, सो सामग्री नारायणगढबाट ल्याउनुपर्ने र जिल्ला प्रशासन कार्यालयबाट दुवानी सवारी साधनको पास लिइसकेको र केही दिनमा ढुवानी भएसँगै आयोजनाको काम अघि बढ्छ ।” आयोजनामा कामदार भने अभाव नभएको जनाइएको छ । “सामग्री आएपछि स्वास्थ्य सावधानी अपनाउँदै र सरकारको नियममा रहेर आयोजनाको काम अगाडि बढाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।
विसं २०७३ चैत महिनाबाट निर्माणकार्य थालनी गरेको सो आयोजनाले तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार गत चैत महिनामा आयोजनाको निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । तर विविध कारणले निर्माणकार्यमा ढिलाइ भइरहेको बेला लकडाउन भएकाले काम प्रभावित हुँदा झन् आयोजनाको निर्माण सम्पन्न अनिश्चित बनेको छ । हालसम्म ८५ प्रतिशत मात्र आयोजनाको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ, विद्युत्गृह ९पावरहाउस०, बाँध क्षेत्रको सिभिल संरचना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनामा सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले जनाएको छ । अनुमानित करिब रु ६ अर्ब लागतमा निर्माणसम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको छ ।
आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रु चार अर्ब ५० करोड ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीबाट २५ प्रतिशत लगानी रहेको आयोजना प्रमुख उत्तम अमात्यले जानकारी दिनुभयो । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दरअनुसार वर्षायाममा रु ४।८० र सुक्खायामका लागि रु ८।४० मा विद्युत् खरिद सम्झौता ९पिपिए० गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस