क्वारेन्टाइनमा बसेका ९३० घर फिर्ता
खलङ्गा,३० वैशाख / जुम्लाका आठ स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका ९३० जना १४ दिनको अवधि पूरा गरेर घर फर्केका छन् । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ७४७ र मंगलबार १८२ जनालाई कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएपछि घर पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।
यहाँको चन्दननाथ नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा एक, हिमा गाउँपालिकामा २७, तातोपानी गाउँपालिकामा ४८, पातारासी गाउँपालिकामा ४९ र गुठीचौर गाउँपालिकामा ५७ जना मात्र क्वारेन्टाइनमा रहेको जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । तिला, कनकासुन्दरी र सिंजा गाउँपालिकाका क्वारेन्टाइन मंगलबारदेखि खाली भएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएका छन् ।
जिल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले कोभिड–१९ संक्रमण भएनभएको परीक्षण गर्दै आएको छ । यसबाहेक यहाँका स्थानीय तहका विभिन्न स्थानमा ¥यापिड डायग्नोष्टिक टेष्ट विधिमार्फत पनि परीक्षण भइरहेको प्रतिष्ठानका निर्देशक मंगल रावलले बताउनुभयो । जिल्लाभर ५२१ शय्याको क्वारेन्टाइन, १२० शय्याको आइसोलेशन र नौ हेल्थ डेस्कमा हालसम्म १० हजार ९७० जनाले स्वास्थ्य परीक्षण गरेको जनस्वास्थ्य प्रमुख सापकोटाले बतानुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस