स्थानीय तहमा कतै रोजगारी त कतै घरभाडा व्यहोरिने
तम्घास, ३० वैशाख /विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको बन्दाबन्दी लम्बिँदै गएपछि यतिबेला मजदूर तथा विपन्न परिवार समस्यामा छन् । खासगरि दिनभरि काम गरेर बिहानबेलुका छाक टार्नेलाई बन्दाबन्दीले समस्यामा पारेपछि गुल्मीका स्थानीय तहले विभिन्न चरणमा राहत वितरण गरेका छन् । सबै स्थानीय तहले पहिलो चरणको राहत वितरण सकेर दोस्रो चरणको शुरु गरेका हुन् । यहाँका केही स्थानीय तहले बन्दाबन्दीका समयमा पनि अनुकरणीय तथा लोकप्रिय काम गरेका छन् । राहतस्वरुप स्थानीय तहले दाल, चामल, तेललगायत खाद्य सामग्री वितरण गरेका छन् तर धुर्कोट गाउँपालिकाले विपन्न परिवारका लागि रोजगारी दिने निर्णय गरेको छ ।
गाउँकार्यपालिकाको बैठकले विपन्न तथा मजदूर परिवारका लागि सीधै राहत वितरण नगरी काम दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो । सडक मर्मत, गोरेटो बाटो, खानेपानी तथा सिँचाइलगायत क्षेत्रमा रोजगार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । काम गरेबापत राष्ट्रिय मापदण्डानुसार पारिश्रमिक प्रदान गरिनेछ । पहिलो चरणमा ७७९ जनालाई राहत वितरण गरिएको गाउँपालिकाले दोस्रो चरणमा काम दिने निर्णय गरेको हो ।
कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनलाई ध्यानमा राखेर सामाजिक दूरी कायम गरी बढीमा पाँच जनासम्मको समूह बनाई नजीकका स्थानमा काममा लगाइने गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले बताउनुभयो । गाउँपालिकाले यसअघि बाँझो जग्गा खन्नेलाई अनुदान दिनेसमेत निर्णय गरेको थियो । दुई वर्ष वा सोभन्दा बढी बाँझो रहेको जग्गा खन्नेलाई त्यसमा लगाइने र बालीअनुसारको अनुदान दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस