सङ्क्रमित बालिका खजुरा अस्पतालमा
३० वैशाख /बर्दियाको राजापुर नगरपालिकामा आज कोरोना सङ्क्रमण देखिएकी एक बालिकालाई बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा ल्याइएको छ । कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि १२ वर्षीया बालिकालाई उपचारका लागि बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा भर्ना गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।
बालिकाको स्वास्थ्यावस्था सामान्य रहे पनि बर्दियामा कोरोना विशेष अस्पताल नभएकाले खजुरा ल्याइएको उहाँले बताउनुभयो । खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका २४ जनासहित अब २५ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस