• जीवनशैली | Jiwanshaili
  • दोलखामा टिपर १०० फिट तल खस्याे, चालककाे मृत्यु


    दोलखा, ३१ वैशाख । दोलखा, कालिञ्चोकमा सडकबाट टिपर १०० फिट तल खस्दा चालकको ज्यान गएको छ । सुन्द्रावतीमा सिंगटी बजारबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको टिपर सडकबाट खसेको हो । मृत्यु हुनेमा सुस्पाक्षमावतीका २९ वर्षिय चालक अशोक कुमार थामी रहेका छन् ।

    बा ४ ख ४७४४ नम्बरको उक्त टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खसेको हो । गएराति करिब १२ बजे भएको उक्त दुर्घटनामा थामीको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाईते भएका थामीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार हुन नसकी बुधबार बिहान २ बजे धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै बिहान साढे ५ बजेतसर मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता निरिक्षक रेशम बोहोराले जानकारी दिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस