जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ
कोरोना भाइरसको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएका जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । जुम्लाका चन्दननाथ नगरपालिकासहित सात गाउँपालिकाबाट थ्रोट स्वाब सङ्कलन गरिएका ९२३ जनाको एकैपटक पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरले जानकारी दिनुभयो । मङ्गलबारबाट बिहान ८ः०० बजेबाट शुरु गरिएको पिसिआर परीक्षण २४ घण्टामा सम्पन्न गरिएको र सबैको रिपोर्ट नेगेटिभ देखिएको उहाँले बताउनुभयो ।
प्रयोगशाला प्रमुख पुनका अनुसार प्रतिष्ठानले जुम्लाका सात गाउँपालिकामा सिञ्जा १९९, कनकासुन्दरी २००, हिमा ३७, तिला ७०, तातोपानी ११०, गुठीचौर ९५, पातारासी ७० र चन्दननाथ नगरपालिका ५८ जनाको स्वाब सङ्कलन गरेको थियो । त्यस्तै, कालीकोटमा दुई, मुगुमा पाँच र नेपाली सेना एक जनासमेतको स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको उहाँको भनाइ थियो । हाल प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गरिएका ९२३ र यसअघि सुर्खेत तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएका जुम्लाका ३४० जना सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस