पत्रकारको पिसिआर परीक्षण गर्न माग
चितवन, ३१ वैशाख / नेपाल प्रेस युनियन चितवन शाखाले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परीक्षणको व्यवस्था मिलाइदिन माग गरेको छ । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वमा गएको टोलीले भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ, “नेपालमा कोभिड–१९ देखिएसँगै यहाँका पत्रकारले प्रत्यक्षरुपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेको सर्वविधितै छ । चितवनमा रहेर कार्यक्षेत्रमा खटेर काम गरिरहेका पत्रकारको तत्काल पिसिआर परीक्षणको व्यवस्था मिलाइदिनुहुन अनुरोध छ ।” समयमा नै परीक्षण भएमा सङ्क्रमण देखिहाले ती व्यक्तिबाट धेरै फैलन नपाउने र निर्धक्कसँग काम गर्ने वातावरण सिर्जना हुने ज्ञापनपत्रमा उल्लेख छ ।
जिल्लाका पत्रकारलाई संस्थाले दिएको परिचयपत्रका आधारमा हिँडडुल गर्न पाउने गरी सुरक्षा निकायमा आवश्यक निर्देशन दिन र पत्रकारको सुरक्षाको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले युनियनको मागप्रति सकारात्मक हुँदै छिट्टै कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परीक्षण गरिने बताउनुभयो । उहाँले आफू पनि सुरक्षित भएर काम गर्न सबै पत्रकारलाई सन्देश प्रवाह गरीदिन आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस