चैनपुरमा गर्भवती र सुत्केरीलाई राहत
खाँदबारी, ३१ वैशाख /सङ्खुवासभाको चैनपुर नगरपालिकामा सुत्केरी तथा गर्भवती महिलालाई राहत वितरण गरिएको छ । चैनपुर नगरपालिकाको समन्वयमा समाज स्पर्श समिति चैनपुर र एक्सन एड नेपालको साझेदारीमा चैनपुरका सबै वडामा निम्न आयस्तर भएका सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरिरहेको समितिका अध्यक्ष लवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
समितले पोषणयुक्त खानेकुरासहितको राहत उपलब्ध गराएको हो । सुत्केरी तथा गर्भवती महिलालाई चामल, दाल, गेडागुडी, तेल, नुन र ज्वानोलगायताका राहत सहयोग गरेको उहाँले बताउनुभयो । यसैगरी कोभिड–१९ सुरक्षा सामग्री साबुन, मास्क र सुत्केरी महिलाका लागि स्यानेटरी प्याडसमेत वितरण गरिएको छ । यसरी वितरण गरिएको राहत प्रतिगर्भवती महिलालाई रु दुई हजार ७५० र सुत्केरी महिलालाई रु १३० बराबरको स्यानेटरी प्याड थप गरी रु दुई हजार ८८० बराबरको रकम पर्न आउने ध्यक्ष श्रेष्ठको भनाइ छ ।
सामाजिक दूरी कायम गर्दै नगरको ११ वटै वडामा रहेका १५३ सुत्केरी तथा गर्भवती महिलालाई राहत वितरण गर्ने समितिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस