कोरोना परीक्षण गर्न स्वास्थ्य सामग्री पर्याप्त
काठमाडौँ, ३१ वैशाख / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि परीक्षण गर्ने स्वास्थ्य सामग्री पर्याप्त मात्रामा भएको जनाएको छ । मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायर बढाइएको र परीक्षण गर्ने स्वास्थ्य सामग्री पयाप्त मात्रामा रहेको जानकारी दिनुभएको हो । “कुनै व्यक्तिलाई कोरोना भाइरसको लक्षण देखिएमा वा शङ्का लागेको तुरुन्त परीक्षणका लागि सम्पर्क गर्नुहोला”, उहाँले भन्नुभयो, “थप सजकता साथ निडर र सजक भएर काम गरौँ ।” नेपालमा कोरोना भाइरस सङ्क्रमित २१९ जना पुगेका छन् । तीमध्ये पुरुष १७६ महिला ४३ जना रहेका छन् । आज बुटवलबाट २५ वर्षीय पुरुष र चितवनका ६३ वर्षको महिला घर फर्किएपछि ठीक भएर घर फर्किनेको सङ्ख्या ३५ जना रहेको छ । हालसम्म रेडजोनमा ३४२ रहेका छन् ।
स्वास्थ्यकर्मी र पत्रकारमा पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । सरकारले कोरोना भाइरस रोकथाम परीक्षण प्रणालीलाई विस्तार गरेको छ । हालसम्म पिसिआर परीक्षण २१ हजार ३४० र आरडिटी ६० हजार ३१९ व्यक्तिमा गर्न सफल भएको छ । पछिल्लो २४ घण्टामा पिसिआर दुई हजार ३५७ र आरडिटी ६९२ को परीक्षण सम्पन्न गरेको छ । हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा २४५ छन् भने ३५४ जना रेड जोनमा छन् । कोरोनाको सम्भावित जोखिममा १५८ छन् । आजै बाँकेमा ३६ वर्षे पुरुष र कपिलवस्तुका २२ वर्षीय पुरुष पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस