कृषि र स्वास्थ्यमा प्राथमिकता
हेटौँडा, ३१ वैशाख / वाग्मती प्रदेश सरकारले प्रदेशको आगामी बजेट अधिवेशनमा पेस गरिने नीति तथा कार्यक्रममा कोरोनाले पारेको असरलाई दृष्टिगत गरी कृषि क्षेत्र र स्वास्थ्य क्षेत्रमा परिवर्तन देखिने कार्यक्रम ल्याउने आर्थिक मामिला तथा योजनामन्त्री कैलास ढुङ्गेलले बताउनुभएको छ । मन्त्री ढुङ्गेलले आगामी बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण, कृषिमा आधारित बनको विकास, यान्त्रिकीकरण गर्ने, कृषि उत्पादन वृद्धि गर्न अनुदान रकम दिने नीतिभन्दा साना कृषकलाई शून्य ब्याज दरमा ऋण दिने, मध्यमस्तरका कृषकलाई २.३ प्रतिशत ब्याजदर ऋण दिने, ठूला कृषकलाई सहुलीयत ब्याज दरमा ऋण सरलीकरण प्रक्रियाबाट उपलब्ध गराउने विषयमा प्राथमिकता दिइने बताउनुभयो । उहाँले कृषिमा बढीभन्दा बढी जनतालाई रोजगारीतर्फ उन्मुख गराउने बजेटको व्यवस्था गर्ने बताउनु हँुदै वाग्मती प्रदेशको सबै जिल्लाका सरकारी अस्पताल साधन तथा सुविधा सम्पन्न उपचार गर्न सक्षम हुने किसिमले स्तरोन्नति गर्ने र सक्षम जनशक्ति उत्पादन र व्यवस्थापन गर्ने स्वास्थ्य क्षेत्रको विकासमा प्राथमिकता दिने बताउनुभएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस