घुस लिएको अभियोगमा मुद्दा
काठमाडौँ, ३१ वैशाख / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा पचरौता नगरपालिका बारामा कार्यरत कार्यालय सहयोगी धु्रव महत्तो नुनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नुनियाले एक विकास आयोजनाको कागजात मिलाइदिने भन्दै रु १५ हजार घुस लिएको अभियोग आयोगले लगाएको छ । आयोगले आरोपी नुनियालाई बिगोबमोजिमको सजायको माग गरी आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले आजै नेपाल विद्युत् प्राधिकरण प्रसारण ग्रीड महाशाखा हेटौँडामा कार्यरत इलेक्ट्रिसियन विश्वनाथ पुडासैनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस