घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ, ३१ वैशाख / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा पचरौता नगरपालिका बारामा कार्यरत कार्यालय सहयोगी धु्रव महत्तो नुनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नुनियाले एक विकास आयोजनाको कागजात मिलाइदिने भन्दै रु १५ हजार घुस लिएको अभियोग आयोगले लगाएको छ । आयोगले आरोपी नुनियालाई बिगोबमोजिमको सजायको माग गरी आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले आजै नेपाल विद्युत् प्राधिकरण प्रसारण ग्रीड महाशाखा हेटौँडामा कार्यरत इलेक्ट्रिसियन विश्वनाथ पुडासैनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस