पाकिस्तानमा एकैदिनमा दुई हजार सङ्क्रमित थपिए
३१ वैशाख ९/ पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी सरकारले गत शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले सङ्क्रमितको संख्या एकाएक बढेको अधिकारीहरुको भनाई छ । कार्यस्थल र आर्थिक क्षेत्रका लागि भन्दै लकडाउनलाई खुकुलो बनाउने निर्णय अघिल्लो हप्ता पाकिस्तानी सरकारले गरेको थियो । पछिल्लो समयमा दुई हजार २५५ जना नयाँ सङ्क्रमित थपिएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण थप ३१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ७३७ को छ । पाकिस्तानमा अहिलेसम्म ३४ हजार ३३६ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । देशभरी सङ्क्रमित मध्ये सवैभन्दा धेरै पञ्जाब प्रान्तमा रहेका छन् । पञ्जावमा कुल १३ हजार २२५ जना सङ्क्रमित भएका छन् भने दोस्रो धेरै सङ्क्रमित रहेको सिन्ध प्रान्तमा १२ हजार ६१० जना रहेका छन् ।
त्यसैगरी खैबर पख्तुनख्वामा पाँच हजार २१ जना, बालुचिस्तानमा दुई हजार १५८ जना, इस्लामावादमा ७५९ जना, गिल्गिट बाल्टीस्टानमा ४७५ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये आठ हजार ८१२ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।अघिल्लो हप्तादेखि सङ्क्रमितको संख्या दिनप्रतिदिन अत्यधिक धेरै बृद्धि हुदै गएको स्वास्थ्य अधिकारीहरुको भनाई छ । लकडाउन खुकुलो हुनु र आधारभूत स्वास्थ्य सतर्कता उलंघन हुनु लगायतका कारणले सङ्क्रमितहरुको संख्या बढ्दै गएको उनीहरुले बताएका छन् । पछिल्लो २४ घण्टामा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई विषेश उडान मार्फत पाकिस्तानले ३७९ जनालाई विभिन्न देशबाट स्वदेश ल्याएको थियो । यसअघि गत अप्रिल २८ देखि मे ८ सम्ममा पाकिस्तानले विदेश उडानमार्फत् चार हजार ३४४ जना पाकिस्तानीलाई स्वदेश ल्याएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस