चुरियामाई नाकामा कडाइ गर्न निर्देशन
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं २ बाट वाग्मती प्रदेश प्रवेश गर्ने प्रमुख नाका हेटौँडाको चुरियामाइमा कडाइ गर्न निर्देशन दिनुभएको छ । चुरियामाई नाकाको बुधबार अनुगमन गर्दै उहाँले कोरोना सङ्क्रमणबाट बच्न बाह्य आवागमन रोक्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री पौडेलले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेका प्रदेश नं २ को बारा, पर्सा, रौतहटलगायत जिल्ला र भारतबाट समेत यस नाका हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने व्यक्तिलाई रोक्नुपर्ने उल्लेख गर्दै सङ्क्रमित क्षेत्रका व्यक्तिमार्फत कोरोना सङ्क्रमण फैलन सक्ने हुँदा आवतजावतमा कडाइ गर्न निर्देशन दिनुभएको हो ।
पौडेलले कोरोनाको जोखिमबाट बच्नका लागि बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबैमा आग्रह पनि गर्नुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस