औषधिबाहेकका पसल तोकिएको समयमा मात्र खोल्न पाइने

रुकुमपूर्व, १ जेठ/ रुकुम (पूर्व) मा आजदेखि लकडाउनलाई थप कडा बनाइने भएको छ । नेपालका विभिन्न क्षेत्रमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लामा लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बुधबारको बैठकले आजदेखि यही जेठ ५ गतेसम्मका लागि स्वास्थ्य सेवाबाहेक अन्य सबै पसल तोकिएको समयमा मात्र खोल्न पाइने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु पोखरेलले बताउनुभयो ।
सोअनुसार स्वास्थ्य सेवाबाहेक अन्य अत्यावश्यकीय पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने छ । गृह मन्त्रालयले नै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावतमा रोक लगाइसकेपछि अत्यावश्यकीय अवस्थामा जिल्लाभित्रै सवारी साधन चलाउनुपर्ने भएमा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस