औषधिबाहेकका पसल तोकिएको समयमा मात्र खोल्न पाइने
रुकुमपूर्व, १ जेठ/ रुकुम (पूर्व) मा आजदेखि लकडाउनलाई थप कडा बनाइने भएको छ । नेपालका विभिन्न क्षेत्रमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लामा लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बुधबारको बैठकले आजदेखि यही जेठ ५ गतेसम्मका लागि स्वास्थ्य सेवाबाहेक अन्य सबै पसल तोकिएको समयमा मात्र खोल्न पाइने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु पोखरेलले बताउनुभयो ।
सोअनुसार स्वास्थ्य सेवाबाहेक अन्य अत्यावश्यकीय पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने छ । गृह मन्त्रालयले नै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावतमा रोक लगाइसकेपछि अत्यावश्यकीय अवस्थामा जिल्लाभित्रै सवारी साधन चलाउनुपर्ने भएमा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस