लकडाउन थप कडाइ
सुर्खेत, १ जेठ / जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपाल सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गर्ने नागरिक तथा सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ ।
गत चैत ११ देखि वैशाख ३१ गतेसम्म लकडाउन उल्लङ्घन गर्ने दुई हजार २८२ नागरिक र ६५१ सवारी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये ४०२ सवारी साधन ट्राफिक कारवाही गरेर छाडिएको २४९ प्रहरी नियन्त्रणमै रहेको सो कार्यलयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएका सवारीमा ५४६ मोटरसाइकल, ८१ चारपाङ्ग्रे र २४ अटो रहेको सूचना अधिकारी रायमाझीले बताउनुभयो । उहाँका अनुसार प्रहरीले नागरिकलाई कारवाहीस्वरुप तीन घण्टासम्म सडकमै उभ्याउने, चोकमा राखेर कोरोना भाइरस र त्यसको विश्वव्यापी प्रकोपबारे जानकारी दिलाउनेसहित आत्मअनुशासित नागरिक हुन सिकाएको थियो । आजबाट पनि लकडाउन कडाइ गरिने कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस