यार्सा टिप्न रोक लगाएपछि बाँझो जमिन खन्दै स्थानीय
बझाङ, १ जेठ / बझाङको सुर्मा गाउँपालिकाले यार्सा सङ्कलनमा रोक लगाएपछि स्थानीय बासिन्दा वर्षौँदेखि बाँझो रहेको जमिन खनेर अन्न तथा तरकारी लगाउन थालेका छन् । यो सिजनमा यार्सा टिप्न लेकतिर जाने यहाँका स्थानीयवासीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी यार्सा टिप्न रोक लगाएपछि बाँझो राखिएका जमिन खनजोत गरेर अन्नबालीका साथै तरकारी लगाउन थालेका हुन् ।
जिल्लाको हिमाली क्षेत्रमा यार्सा सङ्कलन गर्न लागेको झण्डै दुई दशक भयो । यार्सा सङ्कलनबाट मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखो जमिनमा अन्न तथा तरकारी लगाउन छाडेका थिए । सुर्मा गाउँपालिकाका वडा नं ३ का स्थानीय ५५ वर्षीय तिख्या बोहराले भन्नुभयो, “यहाँका स्थानीयवासीका पैसा कमाउने माध्यम भनेको यार्सा नै हो । अहिले देशमा यस्तो सङ्कट भएकाले यार्सा टिप्न गाउँपालिकाले रोक लगाएपछि आफूहरुले लामो समयदेखि बाँझो जमिन खनजोत गर्ने थालेको बोहराले बताउनुभयो ।
गाउँपालिकाका सबै वडाका स्थानीय बासिन्दा यतिखेर कृषि कार्यमा व्यस्त भएका छन् । वैशाखको पहिलो सातादेखि स्कूले विद्यार्थीदेखि सबै यार्सा टिप्न लेकतिर जाने गर्दथे । अहिले कृषि कार्यमा सबै बाँझो जमिन खनजोत गरेर कसैले आलु, कोदो, सिमी तथा फलफूल रोप्न जुटेका छन् । सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले भन्नुभयो, “सरकारले लकडाउनको घोषणा गरेकाले गाउँपालिकाभित्र पनि यार्सा सङ्कलन गर्दा भीडभाड हुने भएकाले यार्सा सङ्कलन कार्य बन्द गरिएको छ । त्यसैगरी जिल्लाका अन्य गाउँपालिकाका स्थानीयवासी पनि पुरानो जमिन खनजोत गर्न जुटेका छन् ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस