यार्सा टिप्न रोक लगाएपछि बाँझो जमिन खन्दै स्थानीय

बझाङ, १ जेठ / बझाङको सुर्मा गाउँपालिकाले यार्सा सङ्कलनमा रोक लगाएपछि स्थानीय बासिन्दा वर्षौँदेखि बाँझो रहेको जमिन खनेर अन्न तथा तरकारी लगाउन थालेका छन् । यो सिजनमा यार्सा टिप्न लेकतिर जाने यहाँका स्थानीयवासीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी यार्सा टिप्न रोक लगाएपछि बाँझो राखिएका जमिन खनजोत गरेर अन्नबालीका साथै तरकारी लगाउन थालेका हुन् ।
जिल्लाको हिमाली क्षेत्रमा यार्सा सङ्कलन गर्न लागेको झण्डै दुई दशक भयो । यार्सा सङ्कलनबाट मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखो जमिनमा अन्न तथा तरकारी लगाउन छाडेका थिए । सुर्मा गाउँपालिकाका वडा नं ३ का स्थानीय ५५ वर्षीय तिख्या बोहराले भन्नुभयो, “यहाँका स्थानीयवासीका पैसा कमाउने माध्यम भनेको यार्सा नै हो । अहिले देशमा यस्तो सङ्कट भएकाले यार्सा टिप्न गाउँपालिकाले रोक लगाएपछि आफूहरुले लामो समयदेखि बाँझो जमिन खनजोत गर्ने थालेको बोहराले बताउनुभयो ।
गाउँपालिकाका सबै वडाका स्थानीय बासिन्दा यतिखेर कृषि कार्यमा व्यस्त भएका छन् । वैशाखको पहिलो सातादेखि स्कूले विद्यार्थीदेखि सबै यार्सा टिप्न लेकतिर जाने गर्दथे । अहिले कृषि कार्यमा सबै बाँझो जमिन खनजोत गरेर कसैले आलु, कोदो, सिमी तथा फलफूल रोप्न जुटेका छन् । सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले भन्नुभयो, “सरकारले लकडाउनको घोषणा गरेकाले गाउँपालिकाभित्र पनि यार्सा सङ्कलन गर्दा भीडभाड हुने भएकाले यार्सा सङ्कलन कार्य बन्द गरिएको छ । त्यसैगरी जिल्लाका अन्य गाउँपालिकाका स्थानीयवासी पनि पुरानो जमिन खनजोत गर्न जुटेका छन् ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस