दैलेखमा सकियो चामल
दैलेख, १ जेठ/जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको दैलेखको खाद्य डिपोमा आएको यो वर्षको कोटाअनुसारको चामल वैशाखमै सकिएपछि थप चामलको बढाइदिन माग गरिएको छ । लकडाउनका कारण र खाद्यान्न सङ्कट बढ्न थालेपछि गोदामबाटै धमाधम चामल बिक्री भएको छ । सदरमुकामभन्दा सस्तोमा गुणस्तरीय चामल पाएपछि जनतालाई राहतसमेत भएको छ । वैशाखसम्म आएको दुई हजार २०० क्विन्टल चामलमध्ये दुई हजार क्विन्टल चामल बिक्री भइसकेको छ । बचेको २०० क्विन्टल चामल, आपतकालीन अवस्था र कारागारका लागि मौज्दात राख्नुपर्ने देखिएपछि चामलको कोटा थप गर्न सम्बन्धित स्थानमा दैलेख शाखाले परिपत्र गरिसकेको संस्थानका प्रमुख रणबहादुर ऐरीले जानकारी दिनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेख शाखामा यो वर्षका लागि दुई हजार २०० क्विन्टल कोटा निर्धारण गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लकडाउनको घोषणासँगै बजारमा भन्दा खाद्य संस्थानमा सस्तो र राम्रो चामल पाइएपछि खरिद गर्नेहरुको सङ्ख्या एक्कासी बढेको स्थानीय श्याम रानाले जानकारी दिनुभयो ।
लकडाउनसँगै पहाडी जिल्लामा गरिब, विपन्न र दैनिक मजदुरी गरेर जीवन गुजारा गर्नेलाई खाद्यान्नको जोहो गर्न हम्मेहम्मे परेको छ । जिल्लाका विभिन्न दुर्गम पालिका नौमुले, आठबीस र भगवतीमाई गाउँपालिका असिनापीडित क्षेत्र भएको भन्दै पालिकाले सिधैँ संस्थानबाट चामल खरिद गरेर विपन्न परिवार र किसानलाई वितरण गर्ने काम थालनी गरेका छन् । आपतमा परेका व्यक्तिका लागि भनेर १० पालिकाले गरिब, विपन्न र मजदुरी गरेर जीवन गुजारा गर्नेको तथ्याङ्क सङ्कलन गर्दै राहत वितरण कार्यलाई पनि निरन्तरता दिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस