नलकटुवा पेस्तोल बरामद
जलेश्वर, १ जेठ /महोत्तरीको जलेश्वर–मटिहानी सडकखण्डमा पर्ने जलसागर पोखरीबाट सशस्त्र प्रहरी नलकटुवा पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वाटर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीका अनुसार बुधबार प्राप्त गोप्य सूचनाका आधारमा मटिहानी नगरपालिका–९ अवस्थित जलसागर पोखरीबाट एक थान नलकटुवा पेस्तोल बरामद गरिएको हो ।
होम मेड तथा चालु अवस्थामा रहेको सो नलकटुवा पेस्तोल पानीमुनि रहेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ तर त्यसमा कुनै गोली नरहेको जनाइएको छ । प्राप्त नलकटुवा पेस्तोल सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस