शङ्कास्पद व्यक्तिमा नियमित परीक्षण
बागलुङ, १ जेठ /कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका र बाहिरबाट जिल्ला भित्रने शङ्कास्पद व्यक्तिमा नियमित कोरोना जाँच भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म आरडिटीबाट एक हजार २४६ र पिसीआर विधिबाट ६८ जनामा कोरोना जाँच गरिएको छ ।
बुधबार थप १४ जनाको स्वाब सङ्कलन गरी जाँचका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशाला पठाइको कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । “उहाँहरुको सम्भवत आजै साँझ नत्र भोलिसम्ममा रिपोर्ट आउँछ”, उहाँले भन्नुभयो । मङ्गलबार पर्सामा भेटिएका सङ्क्रमितमध्ये १४ जना गत वैशाख ११ गते बागलुङबाट गएका मजदुर भएको पाइएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिमा पनि कारोना जाँच गरिने भएको छ ।
कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको र हालसम्म १०० व्यक्तिलाई निगरानीमा राखिएको प्रमुख गुरौले बताउनुभयो । ती मजदुरसँग भौतिक सम्पर्कमा आएका व्यक्तिको स्वाब सङ्कलन शनिबारदेखि गरिने भएको छ । गलकोट नगरपालिका, हटियाबाट बसे चढेर गएका १४ मजदुरलाई क्वारेन्टाइनमै बसेका बेला कोरोना देखिएपछि जिल्लामा थप जोखिम बढेको छ । मजदुर चढेको बसका चालक, सहचालकलाई पनि अहिले क्वारेन्टाइनमा राखिएको छ ।
कोरोनाको बढ्दो जोखिमलाई दृष्टिगत गरी स्थानीय प्रशासनले बुधबारदेखि बन्दाबन्दीलाई झन् कडा तुल्याएको छ । जिल्लाबाहिर जाने सबै सवारी अनुमति पत्र रद्द गरिएको छ । वित्तीय संस्थालगायत अत्यावश्यक सेवा दिने पसल, व्यवसायलाई पनि नियन्त्रितरूपमा सञ्चालन गरिने भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस