महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी उपलब्ध गराइने छ
काठमाडौँ, १ जेठ /प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड –१९)को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गर्नुभएको छ । एकतीसौँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट समृद्धितिर, गरीबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने संकल्पमा युवाको रचनात्मक सहभागिता हुने आशा व्यक्त गर्नुभएको छ ।
तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका संस्थापक अध्यक्ष ओलीले युवाले देशभक्ति, समानता, न्याय, सामाजिक सुरक्षा तथा सम्मानित जीवनसहितको आत्मनिर्भरताबाट राष्ट्र निर्माणमा योगदान हुने अपेक्षा पनि गर्नुभएको छ ।
कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारको पङ्क्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा सरकार रहेको बताउँदै सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ ,“अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसरको सिर्जना गर्न अग्रसर छौँ ।” विसं २०२२ जेठ १ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र २०४७ साल जेठ १ गते तत्कालीन प्ररायुसङ्घ स्थापना भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस