बहुसंख्यक अमेरिकी घर बाहिरको काममा
३ जेठ /अमेरिकामा कोरोनाभाइरसको संक्रमण दिनप्रति दिन फैलिदै गएपनि बहुसंख्यकले आफ्नो घर बाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार हरेक दश जना मध्ये ६ जनाले आफ्नो घरभन्दा बाहिर काम गर्ने गरेका छन् ।
वासिङ्टन पोष्टले गत अप्रिलको अन्त्य तिर र मे महिनाको शुरुमा गरेको सर्वेक्षणले यस्तो देखाएको उनीहरुको भनाई छ ।उनीहरुले झण्डै आठ हजार जनामा सर्वेक्षण गरेका थिए । उनीहरुको आफुले काम नगर्दा घर परिवारमा समस्या हुने गरेको पनि बताएका थिए ।
पछिल्लो विवरणअनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख ४२ हजार ८१९ पुगेको छ भने मृत्यु हुनेको संख्या ८७ हजार ५३० पुगेको छ ।हरेक तीन जना मध्ये एक जनाले हरेक हप्तामा कम्तीमा एक पटक कामका लागि घर छाड्ने गरेको पाइएको पनि सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।
उनीहरु मध्ये धेरैले आफूलाई कोरोना भाइरसको संक्रमणको त्रास अत्यधिक हुने गरेको पनि बताएका छन् । उनीहरुलाई विषेश गरेर सार्वजनिक यातायातका साधन प्रयोग गर्दा संक्रमण हुने चिन्ता लाग्ने गरेको सुनाएका थिए ।
सर्वेक्षणका अनुसार कामका लागि घर छाड्ने झण्डै ३५ प्रतिशत अमेरिकी नागरिकहरुले सवै समय मास्क प्रयोग गर्ने गरेका छन् । त्यसैगरी ३९ प्रतिशतले कुनै कुनै बेला मात्रै मास्क प्रयोग गर्ने गरेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस