भाडा तिर्न नसकेपछि शारीरिक सम्बन्ध बनाउन दवाव दिँदै घरपतिहरू
लकडाउनले गर्दा भाडा तिर्न नसकेपछि महिलाहरूलाई घरपेटीहरूले शारीरिक सम्बन्ध बनाउन दबाब दिन थालेका छन् । यो घटना अमेरिकाको हो । जहाँका भाडामा बस्नेहरुले कोरोनाभाइरसका कारण निकै कष्ट सहनुपरेको छ । जागिर गएकाले उनीहरूसँग भाडा तिर्ने पैसा छैन ।
नेसनल फेयर हाउजिङ अलायन्सको एक प्रतिवेदनअनुसार, अमेरिकाभरि यो समस्या देखिन थालेको छ । महाव्याधिका बीच देशमा यौन शोषणको घटनामा १३ प्रतिशतले वृद्धि भएको छ ।
एक महिलाले अलायन्सको वेबसाइटमा लेखिन्, ‘मैले घरपेटीसँग यौन सम्बन्ध नराखेको भए उसले मलाई घरबाट निकालिदिन्थ्यो । सिंगल मदर भएकाले मसँग घरबाट निस्केर जाने विकल्प छैन ।’
भाडाको साटो यौनको माग गर्ने घटना बेलायतमा पनि भइरहेको बताइएको छ । त्यहाँ सेक्स गर्न दिएमा भाडा तिर्नु नपर्ने भनी अन्लाइन विज्ञापन नै गरिन थालेका छन् ।
भाडाको साटो सेक्सको व्यापकताको डेटा पाउन दुर्लभ छ । हाउजिङ एक्सपर्टहरूका अनुसार, कानून नबुझ्दा घरपेटीहरूबाट शिकार भएका पीडितमाथि वेश्यावृत्तिको आरोप पनि लाग्ने सम्भावना छ ।
बेलायतको हाउजिङ च्यारिटी शेल्टरले सन् २०१८ मा प्रकाशन गरेको एक प्रतिवेदनअनुसार, विगत पाँच वर्षमा प्रोपर्टी म्यानेजरहरूले लगभग साढे दुई लाख महिलालाई भाडाको साटो शारीरिक सम्बन्ध बनाउन प्रस्ताव गरेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस