• जीवनशैली | Jiwanshaili
  • अफगान राष्ट्रपतिद्वारा दुई हजार तालिबानी लडाकू रिहा


    काबुल, १२ जेठ/ अफगान राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न आइतबार आदेश दिनु भएको छ ।

    राष्ट्रपति कार्यालयका सरकारका प्रवक्ता सदिक सद्दिकीले तालिबान र सरकारबीच भएको सम्झौता बमोजिम तालिबानी लडाकूहरुलाई मुक्त गरिएको जानकारी दिनुभयो । हाल तालिबानी विद्रोही समूह र सरकार दुबैले इद–उल फित्रका अवसरमा तीन दिने युद्धबिराम घोषणा गरेका छन् ।

    राष्ट्रपति घानीले तालिबानद्वारा गरिएको युद्धबिरामको स्वागत गर्दै तालिबान समूहले पनि कब्जामा राखिएका सरकारी सैनिक मुक्त गर्ने विश्वास व्यक्त गर्नु भएको छ । प्रवक्ता सद्दिकीलेले ट्वीट गर्दै अफगान सरकारले शान्ति प्रक्रियाको सफलता सुनिश्चित गर्न थाँती रहेका कार्यहरु जतिसक्दो चाँडो सम्पन्न गर्न तालिबान पक्ष लचिलो हुने सरकारले विश्वास लिएको बताउनुभएको छ ।

    यसै वर्षको फेब्रअरी २९ मा संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच कतारको राजधानी दोहामा एउटा सम्झौतामा हस्ताक्षर भएको थियो जसमा अफगानिस्तानका कारागारमा रहेका पाँच हजार तालिबान लडाकू मुक्त गर्ने एउटा प्रमुख शर्त थियो ।

    साथै उक्त सम्झौतामा १४ महिनाभित्र अफगानिस्तानमा तैनाथ अमेरिकी समेत सम्पूर्ण विदेशी फौज हटाइने, अन्तर–अफगान शान्ति वार्ता गरिने उल्लेख छ ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार