अमेरिकामा कार्यालयहरु खुला गर्न नयाँ निर्देशिका जारी
न्यूयोर्क, १६ जेठ/ कार्यस्थलमा कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार नयाँ नियमहरु समेटिएको निर्देशिका सार्वजनिक गरेको छ ।
प्रस्तावित निर्देशिकामा कार्यालय पुग्नासाथ कर्मचारीहरुले कोविड–१९ का लक्षणहरु भए नभएको परीक्षण गराउनु पर्ने उल्लेख छ । उनीहरुले कार्यालयमा प्रवेश गर्नुअघि आफ्नो शरीरको तापक्रम जाँच्नु पर्नेछ । दोस्रो, कार्यालयमा कार्यस्थलका डेस्कहरु कम्तीमा ६ फिटको दूरीमा राख्नु पर्नेछ ।
यदि ६ फिटको दूरी कायम गर्न नसकिए आआफ्ना डेस्कहरुको वरिपरि कडा प्लास्टिक ठड्याउनु पर्नेछ ।
तेस्रो, कोरोनाभाइरस संक्रमणबाट बच्न कार्यालयका खुला स्थानहरुमा बस्दा निश्चित दूरी कायम गर्नुपर्नेछ । पटकपटक छुनुपर्ने सामानहरु जस्तै कफीका भाँडा, पानी चिस्याउने उपकरण, साझा खाजाहरु अलग अलग हुनुपर्ने व्यवस्था गर्न निर्देशिकामा भनिएको छ ।
कार्यालयका लिफ्ट चढ्दा आलोपालो गर्ने वा सकभर प्रयोग नगर्नेतर्फ ध्यान दिन सिडिसीले जोड दिएको छ । अमेरिकाका कतिपय राज्यहरुले महिनौंदेखि जारी कडा लकडाउन हटाउनेतर्फ कार्य गरिरहेकै अवस्थामा सिडिसीले नयाँ नियम सार्वजनिक गरेको हो ।
––
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस