बाँके दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १२ पुग्याे
बाँकेमा भएकाे मिनीबस ‘हाइस’ दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १२ पुगेकाे छ ।
भारतका विभिन्न शहरबाट आएका नेपाली नागरिकलाई भारतको रुपैडिहा बजारबाटै पिकअप गरेर सल्यानतर्फ जाँदै गरेको उक्त हाइस मिनीबस बाँकेको ठुरिया जंगलमा दुर्घटना हुँदा ११ जनाको घटना स्थलमै मृत्यु भएकाे थियाे । थप १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
हाइसमा ३३ जना यात्रु सवार रहेका थिए । ना ५ ख ५९९५ नम्बरको उक्त हाइस बाँकेको राप्ती सोनारी गाउँपालिका- २ स्थित ठुरिया जंगलमा ट्रकसँग ठाेक्किएकाे थियाे । नेपालगन्जदेखि सल्यान तर्फजादै गर्दा आइतबार राति बा ४ ख ९०६४ नम्बरको रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस