• जीवनशैली | Jiwanshaili
  • इटहरीमा ग्याङ फाइट, एककाे मृत्यु


    टहरी उपमहानगरपालिका वडा नम्बर २०, तरहरास्थित एकता मार्गमा युवाहरुकाे एक समूहकाे छु*रा प्रहारबाट एक युवकको ज्यान गएको छ । इटहरी- २० निवासी ३० वर्षीय रादन राईको उपचारका क्रममा मृत्यु भएको हो ।

    ग्याङ फाइटमा राईमाथि स्थानीय प्रज्वल तामाङ, अभिषेक केसी र अभिषेक पौडेल समुहले अन्धाधुन्ध छु*रा प्रहार गरेका थिए । गम्भीर घा’इते राईलाई तरहरास्थित नितान्त पोलिक्लिनकमा भर्ना गरिए पनि उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । बीपीको एमरजेन्सी कक्षमा उपचारका क्रममा राति नै उनकाे मृत्यु भएको तरहरा प्रहरी चौकीका इन्चार्ज चन्द्र शाक्यले बताए ।

    राईलाई छु*रा प्रहार गरी हत्या गर्ने युवाहरु फरार रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस