२३५ यात्रु बोकेर फर्कियो कोरियन एयर
काठमाडौँ, १९ जेठ /बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ ।
उक्त जहाजमा ६९ विदेशी तथा १६३ नेपाली र तीन बालबालिका छन् । गएराति कतार एयरवेजको एयरबस ए ३२० जहाजले नेपालमा रोकिएका ३०३ यात्रु तथा नौ बालबालिका लिएर कतारको दोहा हुँदै अमेरिका उडेको थियो । ती यात्रुमा पनि अधिकांश नेपाली र केही अमेरिककी नागरिक थिए । बन्दाबन्दीको अवस्थामा जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका, युरोपलगायत मुलुकले धमाधम जहाज चार्टर्ड गरी नेपालमा विभिन्न परिस्थितिले रोकिएका यात्रु लगिरहेको छ । विमानस्थलका अनुसार बन्दाबन्दीमा ९३ अन्तरराष्ट्रिय उडान भएका छन् । तीमध्ये सबैभन्दा बढी यात्रु चार्टर्ड उडानका हुन् । ती उडानबाट करिब आठ हजार यात्रु विभिन्न मुलुक फर्किएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस